राजकीय सम्मानका साथ अधिकारीको अन्तेष्टी, छोरा र श्रीमतिले दिए दागवत्ती

Adhikari antim saskar

पोखरा । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको अन्तिम दाहसंसकार गरिएको छ ।

अधिकारीको पार्थिव शरिरलाई छोरा विराज, स्वराज र श्रीमती विद्या भट्टराईले दागबत्ती दिएका छन् । स्व. अधिकारीको कास्कीको सेती किनारमा रहेको रामघाटमा अधिकारीको अन्त्येष्टि गरिएको हो ।

अधिकारीको पोखराको नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, अस्पताल चोक, गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो । पोखरास्थित प्रदर्शनीस्थलमा अन्तिम श्रद्धाञ्जलीपछि अधिकारीको शव यात्रा शुरु भएको थियो । शवयात्रामा हजारौंको संख्यामा सर्वसाधारणको उपस्थिति थियो ।

अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरे ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले संयुक्तरूपमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए ।

मन्त्री अधिकारीलाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री पद्मा अर्याल, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, गण्डकी प्रदेश प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपाका नेता योगेश भट्टराई, श्रममन्त्री गोकर्ण विष्ट, कांग्रेस नेता यज्ञबहादुर थापालगायतले समेत श्रद्धाञ्जलि दिए ।

यसअघि शुक्रबार काठमाडौंको सैनिक मञ्चमा श्रद्धाञ्जलीका लागि अधिकारीसकित सात जनाको शव राखिएको थियो । परिवारले अधिकारीको काज–किरिया ७ दिनमै सक्ने तयारी गरेको छ । काजकिरिया उनको पोखरा मालेपाटनस्थित घरमा हुनेछ ।

बुधबार दिउँसो ताप्लेजुङमा भएको डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरण निर्देशक ध्रुब भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...