गोदामचौर ‘क’ बलात्कारका दोषीलाई १० वर्ष जेल

Karagasr 12

काठमाडौं । ललितपुरमा एक वर्ष पहिले भएको सामुहिक बलात्कारपछि हत्या प्रयास सम्बन्धी घटनाका तीनै अभियुक्तलाई जिल्ला अदालतले जनही दश वर्ष जेल सजाय सुनाएको छ ।

न्यायाधीश धनसिंह महराको इजलाशले शुक्रबार अभियुक्तहरू रघु सिलवाल, पवन कुवँर र विशालध्वज कार्कीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।

सामुहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय सुनाएको जिल्ला अदालतका श्रेस्तेदार चन्द्रप्रकाश तिवारीले अनलाइनखबरलाई जानकारी दिए ।

सबैभन्दा बढी सजाय मात्रै हुने भएकाले अभियुक्तहरू १० वर्ष मात्रै जेल बसे पुग्ने कानूनी व्यवस्था छ ।

उनीहरूमाथि गोदामचौर ‘क’ (पीडितको परिवर्तित नाम) लाई २ मंसिर २०७४ मा सामुहिक बलात्कार र मार्ने उद्धेश्यले टाउकोमा ढुंगा प्रहार गरेर बेहोश बनाएको अभियोग थियो ।

माइतबाट घर र्फकने क्रममा जबरजस्ती करणीमा परेकी गोदामचौर ‘क’ ३ मंसिर विहान बेहोस अवस्थामा तोरीबारीमा फेला परेकी थिइन ।

उनको एक सातापछि बल्लहोस् आएको थियो । एक महिनाको निरन्तर उपचारपछि मात्रै बोल्न सक्ने भएकी थिइन् ।

पीडितको टाउकोमा तीस भन्दा बढी टाँका लगाउनु परेको थियो । घट्ना भएको १६ महिनापछि पनि उनीको उपचार जारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...