प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने : सभापति देउवा

Sher bahadur 4555

कञ्चनपुर । आज कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको पाँचौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले लोकतन्त्र र प्रेस एक अर्काका पूरक भएकाले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने बताएका छन् ।

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताबिना प्रजातन्त्र बाँच्न नसक्ने बताएका हुन् ।

उनले सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर नभएको आरोप पनि लगाए । सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले पर्याप्त बजेट नदिएको बताउँदै सभापति देउवाले महाकाली नदीमा चार लेनको पुल बनाउन सकिए सुदूरपश्चिमको मात्र नभई देशकै विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउँदले अन्धकार र तानाशाहीका विरुद्ध पत्रकारहरु लडेको स्मरण गरे । उनले राजनीतिभन्दा माथि उठेर सञ्चार जगत सक्रिय हुनुपर्नेमा जोड दिए ।

अर्का केन्द्रीय सदस्य रमेश लेखकले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको दाबी गर्दै लोकतन्त्रका मूल्य मान्यतालाई बेवास्ता गरिएकोे आरोप लगाए ।

सो अवसरमा सुदूरपश्चिमको पत्रकारिताको विकासमा योगदान पुर्याएका अग्रज पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

यसैबीच सभापति देउवा बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तका परिवारलाई भेट्न पुगेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...