भारत-पाकबीच बढ्दो तनाव, राष्ट्रपति भण्डारी चिन्तित

Bidhya

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति राष्ट्रपति विद्या भण्डारीले चिन्ता व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले दुई मुलुकबीचको बढ्दो तनाव कम गर्न शान्तितर्फ अग्रसर हुनुपर्ने आवश्यक्ता पनि औंल्याइन् ।

शुक्रबार काठमाडौंमा वैदिक ज्ञान तथा आधुनिक विज्ञानसम्बन्धि अन्तर्रा्ष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले विश्व शान्ति र समृद्धि साझा मानवीय आकांक्षा भएको उल्लेख गर्दै त्यसका लागि हाम्रो सनातन चिन्तनको सम्मान गरेर अघि बढन पनि सबैलाई आह्वान गरिन् ।

राष्ट्रपति भण्डारीले हाम्रो सनातन चिन्तनले सहिष्णुता, सहअस्तित्व, शान्ति र विश्व बन्धुत्वको भावना विकास गर्ने उल्लेख गर्दै यसको प्रवद्र्धन गर्दै अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याइन् ।

राष्ट्रपति भण्डारीले सनातन चिन्तनमा जोड दिएर नेपाललाई विश्वमा चिनाउन सकिने पनि स्मरण समेत गराईन् ।

३ दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका वैदिक तथा आधुनिक ज्ञान, विज्ञानका ज्ञाताहरु सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...