संघिय संसद अन्तर्गतका दुइवटै सदनको बैठक आज बस्ने

Samsad

काठमाडौं । संघिय संसद अन्तर्गतका दुइवटै सदनको बैठक आज बस्ने भएका छन् । राष्ट्रियसभाको बैठक दिउसो १ बजे र प्रतिनिधिसभाको बैठक दिउसो ३ बजे बस्ने तय भएको छ । प्रतिनिधीसभा बैठक हिजोको लागी तय भएको भएपनि स्थगन भएको थियो ।
सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले एक सूचनामार्फत हिजोको बैठक स्थगन भएको जानकारी सहित आज बस्ने जानकारि दिएका थिए ।

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायत सात जनाको निधन भएपछि सरकारले हिजो राष्ट्रिय शोकको घोषणा गरेकाले प्रतिनिधिसभाको बैठक बस्न नसकेको हो । बैठकले हेलिकप्टर दुर्घटनामा परी निधन भएका प्रतिनिधिसभा सदस्य एवं पर्यटनमन्त्री अधिकारी लगायत सात जनाको निधनमा शोक प्रश्ताव पारित गर्ने भएको छ ।

संघिय संसद सचिवालयका सह प्रवक्ता केशव अर्यालले बैठक निर्धारण भएको समय अगाबै दुर्घटनामा निधन भएकाहरुको अन्तिम संस्कार भए शोक प्रश्ताव पारित गर्ने छ नभए आजका लागी तय भएका बैठक सुचना ठाँस गरेर स्थगित हुन सक्ने जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...