दोस्रो हप्तामा लाग्दै चलचित्र ‘रुमालै छ चिनो’, २ करोडको व्यापार गरेको निर्माताको दावी

Rumal chino 1

काठमाडौं । अप्रत्याशित रुपमा सफलता हात पार्दै आएको चलचित्र ‘रुमालै छ चिनो’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ ।

फागुन १० गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘रुमालै छ चिनो’ को निर्मार्ण टीमले चलचित्र प्रदशृनमा आएलगत्तै हलहलमा पुगेर रुमाल बाढ्दै आएको छ ।

यतिबेला चलचित्रको निर्माण टीम उपत्यका बाहिरका दर्शकलाई हलमै पुगेर रुमाल वितरण गरिरहेको छ । उपत्यकाका हलबाट दशृकको माया पाएको यो टीमले बाहिरका हलमा पनि दर्शक जम्मा गरेको छ । बिहीबार झरीको वास्तै नगरी उपत्यकाका बाहिरका हलमा दर्शक पुगेको निर्माता चन्द्रबहादुर  खड्काले बताए ।

निर्माता खड्काका अनुसार दोस्रो हप्ता प्रवेश गर्दा चलचित्रले झण्डै २ करोडको कारोवार गरेको छ । यही अवस्था आए चलचित्रले रामे व्यापार गर्ने उनको भनाई छ ।

ज्योती फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘रुमालै छ चिनो’ मा किशोर खतिवडा, सन्चिता लुइटेल, सुशान्त कार्की, अफ्सना थापा, मिथिला शर्मा, रश्मी भट्ट, सुरवीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, शान्ति श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् भने सम्राट बस्नेतको द्वन्द, सागर लामाको नृत्य, बिनोद सापकोटाको छायांकन छ । यसमा दिनेश सिंह ठकुरीको लेखन र निर्देशन छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...