ओलीलाई कमल थापाको प्रश्न, किन यति साह्रो निरीह बन्नु भएको ?

Rpp kamal thapa

झापा । ताप्लेजुङबाट मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा थालेको राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार झापाको विर्तामोडमा शक्ति प्रदर्शन गरेको छ ।

सो स्वाभिमान यात्राको दोस्रो दिन बिहीबार झापा आइपुगेको थियो । झापा स्वभाविक रुपमा राप्रपाको बलियो पकड भएको जिल्ला पनि हो ।

झापाको विर्तामोडमा भएको सभामा राप्रपा अध्यक्ष कमल थापाले लाचार बनेर बसेको आरोप लगाएका छन् । राणाहरु आए गए, पञ्चायत आयो गयो, बहुदल आयो गयो । विगतका कुनै खराब अवस्थामा पनि राष्ट्र विखण्डनको आवाज कहिल्यै उठेको थिएन’ अध्यक्ष थापाले भने, ‘तर राष्ट्रवादी छविका कारण दुई तिहाइ मत सहितको प्रधानमन्त्री हुनु भएका प्रधानमन्त्री केपी ओलीलाई म प्रश्न गर्न चाहन्छु, ूतपाई यति लाचार किन बनिरहनु भएको छ ?’

‘तपाईसँग विगतमा सँगै काम गरेको छु, यस्तो निरीह त हुनुहुन्थेन’ थापाले प्रश्न गरे, ‘अहिले कुन शक्तिले तपाईलाई रोकिरहेको छ ? किन निरीह बनिरहनु भएको छ ?’

उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा हिन्दु राष्ट्र र राजसंस्था गुमाएको बताउँदै अब फेरि विद्रोहको कुरा अस्विकार्य रहेको बताए । ‘राजसंस्था र हिन्दु राष्ट्र फालेर देशले के पायो ?’ उनले भने, ‘परिवर्तनले जनतालाई केही दिन सकेन अब पुनर्विचार गर्ने बेला भयो, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, आमसञ्चारले यसबारे बहस प्रारम्भ गर्नुपर्छ ।’

धर्म परिवर्तनको नरोकिए हिन्दु, बौद्धिष्ट, किराँत अल्पमतमा पर्ने र देश धार्मिक द्वन्द्वमा फस्ने खतरा आइसकेको उनले बताए । १२ वर्षको अवस्थालाई दृष्टिगत गर्दै परम्परागत शक्ति र परिवर्तनकारी शक्तिका बीचमा सामन्जस्य कायम गरिनुपर्ने उनको भनाई छ ।

‘देश अभिभावकविहिन भएको छ, राजादेखि सबै राजनीतिक शक्ति अटाउने मौलिक प्रजातन्त्रका लागि गोलमेच सम्मेलन गरौं’ थापाले भने, ‘संघीयता मुलुकले थेग्न नसक्ने देखियो, जनताको प्रत्यक्ष अभिमत बिना लागू गरिएको संघीयताबारे जनमत संग्रह गरिनुपर्छ र दोहोरो तेहोरो करबाट जनतालाई मुक्ति दिलाउन अबिलम्ब पहल गरिनुपर्छ ।’

सो सभामा वरिष्ठ नेता दिपक बोहरा, नेताहरू बुद्धिमान तामाङ, राजीब पराजुली, टंक ढकाल, राजेन्द्र लिङ्देन, राम थापा लगायतले अभियानको उद्देश्य, औचित्यका बारे धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...