राप्रपाले आजदेखि ताप्लेजुङबाट हिन्दु राष्ट्र माग्दै

D0pjdbexgaao6sp 27022019090341

काठमाडौं । धर्म निरपेक्षताको खारेजी र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रिय स्वाभिमान मेची महाकाली यात्रा आज सुरु गर्दैछ ।

पार्टी अध्यक्ष कमल थापाले बिहान १० बजे ताप्लेजुङको पाथीभरा मन्दिरबाट अभियानको सुरुवात गर्नुहुनेछ । आजै दिउँसो ३ बजे पाँचथर सदरमुकाम फिदिममा आम सभा हुने पार्टी महामन्त्री राजेन्द्र लिङदेनले जानकारी दिए । यात्राको शुभारम्भ अघि राप्रपाले पाथिभरा मन्दिरमा गएराती अनुष्ठानको आयोजना गरेको थियो ।

राजसंस्था सहितको सवै शक्तिहरु अटाउने, नेपाली संस्कृतिको मौलिक प्रजातन्त्र कायम गर्न गोलमेच सम्मेलनको माग गर्दै राप्रपाले १५ दिने अभियान सुरु गर्न लागेको हो । आफहरुले उठाएका माग सम्बोधनका लागि सरकारलाई २२ बुँदे माग अघि सारेको राप्रपाले अभियानका क्रममा ३६ जिल्लामा १ सय भन्दा बढी स्थानमा सभाको आयोजना गर्ने जनाएको छ ।

अभियानका क्रममा सो पार्टीले भोली झापाको बिर्तामोडमा बृहत शक्ति प्रर्दशन गर्ने बताएको छ । २ हजार ८ सय ७ किलोमिटर दूरीको यात्राका क्रममा स्थानअनुसारको संस्कृति र भेषभुषा झल्कने गरी संस्कृति एवं झाँकी समेत प्रर्दशन हुने राप्रपाको भनाई छ ।

राप्रपाले २०४७ सालयता उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न न्यायिक छानविन आयोग गठन, आरक्षणको सुविधाबाट बञ्चित रहेका तथा विपन्न जाति समूहलाई समेत सवै क्षेत्रमा कम्तिमा १० प्रतिशत आरक्षण, कक्षा १० सम्म संस्कृत शिक्षा अनिवार्य लगायत माग पनि अघि सारेको छ ।

ताप्लेजुङबाट सुरु भएको यात्रा, कञ्चनपुरबाट कास्की, तनहुँ हुँदै काठमाडौंमा आएर फागुन ३० गते सम्पन्न हुने छ । हरेक सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने महामन्त्री लिङदेनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...