‘दि म्यान फ्रम काठमाडौं’को शिर्ष गीत सार्वजनिक (भिडियोसहित)

Esk

काठमाडौं  । आगामी चैत्र १ गतेबाट रिलिज हुने सिनेमा ‘दि म्यान फ्रम काठमाडौं’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।

सोमबार सामाजिक सञ्जाल युट्युबबाट सिनेमाको गीत सार्वजनिक गरिएको हो । १९७४ एडी ब्याण्डले तयार पारेको ‘काठमाडौं’ बोलको गीतमा रोहित जंग क्षेत्रीकाको शब्द, संगीत तथा स्वर रहेको छ । सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकारहरुका साथै ब्याण्ड सदस्यहरुलाई पनि स्थान दिइएको छ ।

सिनेमाको शिर्ष गीतले काठमाडौंको कथा व्याथा बोल्ने निर्माण टिमको भनाई छ । ’दि म्यान फ्रम काठमाडौ’ नेपालमा पहिलो पटक अंग्रेजी र नेपाली दुवै भाषमा निर्माण भएको सिनेमा हो । यो सिनेमाको नेपालको काठमाडौको साथै अमेरिकाका समेछ छायांकन गरिएको छ । यो सिनेमाको सम्पुर्ण बजेट चार करोड बढी रहेको निर्माता नकिम उद्धिनले बताए ।

निर्देशक पेमासँगै नकिम उद्धिनको निर्माण बनेको सिनेमामा जोसे मानुइल र अभिनेत्री आना शमार्, चर्चित भारतिय कलाकार गुल्सन ग्रोबर पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार नीर शाह, कर्मा शाक्य, मिथिला शर्मा, शिशिर बाङ्देल, सुनिता ठाकुर, परमिता आर एल राना अभिनयमा छन् ।

‘दि म्यान फ्रम काठमाडौं’लाई कार्लोस मेडिनाले खिचेका हुन् । नेपालसँगै हलिउड, बलिउड र पाकिस्तानी कलाकारको समिश्रण रहेको सिनेमालाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् । योसँगै ‘दि म्यान फ्रम काठमाडौं’को नयाँ एक्सन ट्रेलर पनि सार्वजनिक गरिएको थियो ।

सिनेमाको यसअघि सार्वजनिक ट्रेलरले दर्शक तथा सिनेमाकर्मीबाट राम्रो प्रतिक्रिया पाएको थियो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...