पौडेल र सिटौलाले गरे बैठक बहिष्कार, अर्को बैठक अनिश्चित

Ramchandra paudel and krishna prasad sitaula

काठमाडौं । अनुशासन र निर्वाचन समिति सहमतिका आधारमा गठनको माग गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले पार्टी केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको छ ।

सभापति शेरबहादुर देउवा समूहले पटकपटक पेल्न खोजेको भन्दै असन्तुष्ट बनेको समूहले बैठक नै बहिष्कार गरेको हो । योसँगै पार्टी भित्रको आन्तरिक किचलो उत्कर्षमा पुगेको छ ।

संस्थापनइतर समूहका नेताहरूले अनुसाशन समिति र निर्वाचन समिति गठन गर्दा सहमतिको आधारमा गर्न माग गर्दै उनीहरूले बैठक बहिष्कार गरेका हुन् ।

पौडेल र सिटौला पक्षका नेताहरु सहभागी नभएपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ । आइतबार बहुमतको आधारमा विधान पारित भएपछि वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्ष सभापति देउवासँग चिढिएका थिए । दुवै पक्षले सहमतिको आधारमा दुवै समिति गठन नगरेको भन्दै केन्द्रीय समिति बैठक बहिस्कार गरेका हुन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको निर्णयलाई सहमतिकै आधारमा अघि बढाउन आवश्यक गृहकार्य गरेपछि केन्द्रीय कार्य समितिको अर्को बैठक बोलाउने पनि जानकारी दिए ।

केन्द्रीय कार्यसमितिको बैठक ११ बजेका लागि बोलाइएको थियो । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरु बैठक हलमा छन् । तर, पौडेल, सिटौला सहितका नेताहरु केन्द्रीय कार्यालयमा भए पनि बैठक हलमा गएनन् ।

‘अनुशासन र निर्वाचन समिति अर्ध न्यायिक निकाय भएकाले सहमतिमा र एकै पटक गठन गर्नुपर्छ भन्ने हाम्रो माग हो’ नेता कल्याण गुरुङले भने, ‘यही माग राखेर हामी बैठकमा नगएका हौं ।’

जिल्ला सभापतिहरु र बहुसंख्यक महासमिति सदस्यहरुले केन्द्रीय नेताहरु तल्लो तहबाट निर्वाचित भई महाधिवेशन प्रतिनिधि बन्नुपर्ने प्रस्ताव राखेका थिए । तर, १० माघ देखि सुरु भएको केन्द्रीय समितिको बैठकले पुरानै व्यवस्थालाई कायम राखी विधान बहुमतमा पारित भएको थियो । कांग्रेसको पुराना विधानमा केन्द्रीय पदाधिकारी, सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुने व्यवस्था छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...