सानेपामा नेविसंघको विरोध प्रदर्शन

Congres bilding

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका असन्तुष्ट नेता कार्यकर्ताहरुले पार्टी कार्यालय सानेपा घेराउ गरेका छन् ।

मंगलबार असन्तुष्ट विद्यार्थी कार्यकर्ताहरुले नेविसंघको नयाँ नेतृत्व ल्याउँदा सबैलाई समेटेर ल्याउनुपर्ने, ३२ वर्ष मुनिको उमेर सूमहबाट नेतृत्व चयन गर्नुपर्ने र गुटबन्दीको अन्त्य गर्नुपर्ने भन्दै नाराबाजी तथा घेराउ गरेका हुन् ।

कांग्रेसले आफ्नो भातृ संगठन नेविसंघको नयाँ नेतृत्व ल्याउने विषयमा गहन छलफल गरिरहेको बताइएको छ । यसअघि आइतबार सानेपामा नेविसंघकै दुई पक्षले विरोध प्रदर्शन गर्दा एक आपसमा झडप भएको थियो ।

बिद्यार्थीको प्रदर्शनलाई मध्यनजर गर्दे सानेपाको सुरक्षा व्यवस्था कडा बनाईएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...