नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, के छ एजेन्डा ?

Congress meeting

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । महासमितिबाट अनुमोदित विधानमा सहमति जुटाउन बाँकी बिषयमा आज छलफल हुनेछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बैठक बोलाइएको छ ।

आजको बैठकले पार्टी अनुशासन समिति गठनको तयारी गरेको छ । पहिले नै समिति गठनको प्रस्ताव गरेका सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षले निर्वाचन र अनुशासन समिति एकैसाथ गठन गर्नुपर्ने माग राखेपछि आजका लागि बैठक बोलाएका हुन् ।

आजको बैठकबाट केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेको संयोजकत्वमा पाँच सदस्यीय अनुशासन समिति गठन गरिने कांग्रेस निकट स्रोतले जनाएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने सभापति देउवा पक्षले महासमिति बैठकका निर्णयको बेवास्ता गरेको आरोप लगाउँदै आएको छ । देउवाले बहुमतको आडमा विधान पारित गरेकोप्रति असन्तुष्ट पक्षले आलोचना गरेको छ । विधान, झन्डा, नाम आदर्श जस्ता विषयमा बहुमत र अल्पमतबाट निर्णय लिनु पार्टी हितमा नभएको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...