नयाँ शक्तिका प्रदेशसभा सदस्य प्रेम तामाङसहितको टोली कांग्रेस प्रवेश

Congresh

रसुवा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस प्रवेश गर्न जनताको लर्को लाग्ने बताएका छन्। रसुवामा नयाँ शक्ति नेपालका प्रदेश सांसद प्रेम तामाङसहितको टोलीलाई नेपाली कांग्रेसमा प्रवेश गराउन आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

वर्तमान सरकारप्रति कडा टिप्पणी गरेका नेता पौडेलले भने, ‘झापामा केपी ओली संलग्न तत्कालीन मालेले सुरु गरेको हिंसात्मक द्धन्दलाई प्रचण्डले बढावा दिए। अहिले दुबै नेताले नेतृत्व गरेको पार्टीले चलाएको सरकारले विप्लव पार्टीका हिंसा रोक्न प्रयास गरेन।’

कम्युनिस्टहरु हिंसा रोक्न नखोज्नु रहस्यमय भएको बताए। सरकारले विप्लवले चलाएको हिंसात्मक द्वन्द्व वेवास्ता गरिरहेका आरोपसमेत उनले लगाएका थिए। ‘यो भन्दा रहस्य अरु के हुन्छ?,’ नेता पौडेलले भने, कम्युनिस्टले मान्छेको टाउको काटेर क्रान्ति सुरु गरे। कांग्रेसले क्रान्तिको सुरुवात हलो जोतेर गरेको थियो।'

साम्यवादको सपना देख्ने मान्छेहरूले साम्यवाद नै मिथ्या रहेको महसुस गर्न लागेको उनले बताएका थिए। सबै दल नेपाली कांग्रेसले अंगालेको नीतिमा आएका दाबी उनले गरेका थिए। 'साम्यवाद मिथ्या रहेछ भन्ने मान्छेहरु बढ्दै छन्। अब कांग्रेस प्रवेशमा लर्को लाग्छ,’ पौडेलले  भने, 'देशको समृद्धिको यात्रा कम्युनिस्टबाट असंभव छ।'

नयाँ शक्तिका प्रदेशसभा सदस्य प्रेम तामाङ सहितको टोली सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेको छ। तामाङसहितको टोलीलाई पार्टीमा भित्र्याउन पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेता रसुवा पुगेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...