पोखरामा बाढ्यो ‘रुमालै छ चिनो’ ले दर्शकलाई रुमाल

Rumal cha chino 13

पोखरा । काठमाडौं उपत्यकाभित्रका हलमा सफलता हात पार्दै दर्शकको मन जितेको चलचित्र ‘रुमालै छ चिनो’ ले उपत्यका बाहिरका दर्शकलाई हलमै पुगेर रुमाल वितरण गरेको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र रुमालै छ चिनो’ ले उपत्यकामा राम्रो दर्शक पाएको छ । उपत्यकामा दर्शकको साथ पाएर उत्साही बनेको चलचित्र निर्माण युनिट सोमबार उपत्यका बाहिरका हलमा पुगेर दर्शकलाई रुमाल बाढेको हो ।

दर्शकलाई हलमा पुगेर रुमाल चिनो बाढ्न निर्देशक दिनेश सिंह ठकुरी, अफ्सना थापा, निर्माता चन्द्रबहादुर खड्का, कलाकार शान्ति श्रेष्ठ लगायतको टीम पोखराको विन्दबासिनी हल पुगेको थियो । सो टोली बुटवल लगायतका हलमा पनि पुगेर दर्शकलाई रुमाल बाढ्ने छ ।

ज्योती फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘रुमालै छ चिनो’ मा किशोर खतिवडा, सन्चिता लुइटेल, सुशान्त कार्की, अफ्सना थापा, मिथिला शर्मा, रश्मी भट्ट, सुरवीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, शान्ति श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् भने सम्राट बस्नेतको द्वन्द, सागर लामाको नृत्य, बिनोद सापकोटाको छायांकन छ । यसमा दिनेश सिंह ठकुरीको लेखन र निर्देशन छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...