भीम रावललाई डा. भट्टराईको यस्तो व्यङ्ग्य, जिल्लाका ठुलाबडा कता ?

Dr vattarai acham

अछाम । प्रदेश नम्बर १ को चिवाभञ्याङदेखि सुरु गरिएको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ को क्रममा अछाम पुगेका नयाँ शक्तिका संयोजक डा.भट्टराईले पूर्व गृहमन्त्री भीम रावलप्रति निक्कै व्यङ्य गरेका छन् ।

डा. भट्टराईले द्वन्द्व कालिन् समयमा ध्वस्त भएका संरचनाहरु पुनः निमार्णमा ध्यान नदिएको आरोप लगाएका छन् ।

डा।भट्टराईले द्वन्द्वकालमा ध्वस्त भएका संरचना पुनःनिमार्ण नभएको बताएका छन् । उनले भत्किएका संरचनाहरु पुनः निमार्ण गर्न सरोकारावासँग आग्रहसमेत गरेका छन् ।

‘मंगलसेन बजारको आर्थिक पुनःजागरणका निम्ति संघीय सरकार र प्रदेश सरकारले समेत विशेष लगानी गर्नुपर्ने देखियो ! जिल्लाका ठुलाबडा कता ?’ भीम रावललाई इंगित गर्दै उनले भने, ‘जिल्लामा ठूला नेता छन्, खोइ त जिल्लाको विकास भएको ? य त हदै भयो ।’

‘अछामको मंगलसेन र विनायकमा जनसम्बादको क्रममा गजबको जनसहभागिता र उत्साह देखियो ! द्वन्दकालमा ध्वस्त ऐतिहासिक दरवारको पुनर्निर्माण अलपत्र रहेकोमा स्थानीयको ठूलो आक्रोश पाइयो ! मंगलसेन बजारको आर्थिक पुनर्जागरण निम्ति संघ र प्रदेशले समेत विशेष लगानी गर्नुपर्ने देखियो ! जिल्लाका ठुलाबडा कता ?’

४ फागनु २०५८ सालमा तत्कालिन माओवादी आक्रमणबाट अछाम जिल्लाको सदरमुकाम मंगलसेन खरानी बनेको थियो भने प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री, उनकी पत्नीसहित राष्ट्रिय अनुसन्धानका निरीक्षक, क्याप्टेनसहित ५३ सेना, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारणसहित १ सय २२ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै सोही राती माओवादीले अछामको साँफेबगरमा समेत आक्रमण गरेको थियो । त्यो आक्रमणबाट साँफेबगर विमानस्थलमा कार्यरत २७ जना प्रहरीले ज्यान गुमाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...