रुमाल बाढ्न उपत्यका बाहिरका हल हलमा पुग्दै निर्माण टीम

Rumalai cha chino

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका हलमा सफलता हात पार्दै दर्शकको मन जितेको चलचित्र ‘रुमालै छ चिनो’ ले उपत्यका बाहिर पनि उत्तिकै सफलता पाइरहेको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र रुमालै छ चिनो’ ले उपत्यका बाहिर खासै प्रचार नगरे पनि दर्शकले भने साथ दिएका छन् । उपत्यकासहित देशभर शुक्रबारदेखि एकैसाथ ३ वटा चलचित्र हलमा आएको भए पनि ‘रुमालै छ चिनो’ ले हलमा अत्याधिक दर्शक पाएको छ ।

दर्शकको साथ पाएर उत्साही बनेको चलचित्र निर्माण युनिट सोमबार उपत्यका बाहिरका दर्शक भेट्न काठमाडौंबाट निस्किएको छ । दर्शकलाइृ हलमा पुगेर रुमाल चिनो बाढ्ने गरी निर्देशक दिनेश सिंह ठकुरी, अफ्सना थापा, निर्माता चन्द्रबहादुर खड्का लगायतको टीम दमौली, पोखरा, बुटवल लगायतका चलचित्र हलमा पुग्ने भएका छन् ।

ज्योती फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘रुमालै छ चिनो’ मा किशोर खतिवडा, सन्चिता लुइटेल, सुशान्त कार्की, अफ्सना थापा, मिथिला शर्मा, रश्मी भट्ट, सुरवीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, शान्ति श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् भने सम्राट बस्नेतको द्वन्द, सागर लामाको नृत्य, बिनोद सापकोटाको छायांकन छ । यसमा दिनेश सिंह ठकुरीको लेखन र निर्देशन छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...