चलचित्र ‘साइँली’ को दोस्रो गीत सार्वजनिक

Saili mm

काठमाडौं । चलचित्र ‘साइँली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बुधबार चलचित्रको ‘प्याट प्याटे...’ बोलको गीत सार्वजनिक गरिएको हो । 

गीतमा सुशान्त गौतमको संगीत, हर्क साउँदको शब्द तथा संगीतकार गौतमको स्वर छ ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान लगायत कलाकार फिचर्ड छन् । 

बैदेशीक रोजगारीको कथामा निर्माण भएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । गायक हेमन्त राना र गौरव पहारीले निर्माण गरेका हुन् । चलसचत्रमा माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की लगायत कलाकार पनि मुख्य भुमिकामा छन् । 

चलचित्रमा कालीप्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । चलचित्र चैत १५ गतेबाट प्रदर्शन हुनेछ । 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...