कार्यक्रममा नेपाल आएका बलिउड गायक सोनु निगम अस्पताल भर्ना

Sonu

काठमाडौं । भारतीय सिने उद्योग बलिउडका चर्चित गायक सोनु निगम काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

केही दिन अघि नेपाल आएका निगमको ढाडको मांशपेसीमा समस्या देखिएपछि मंगलबार नर्भिक अस्पतालमा भर्ना भएका हुन् । गायक निगमको स्वास्थ्य अवस्था भने सामान्य रहेको उनको उपचारमा संलग्न डाक्टर प्रवीण नेपालले खबरहबलाई बताए ।

‘कम्मर दुखेर, आज दिउँसो २ बजेतिर अस्पतालमा आउँनुभएको हो । हामीले दुखाइ कम हुने औषधि दिएका छौं, स्वास्थ्य अस्वस्था सामान्य नै छ,’ उनले भने, ‘एक्सरेको रिपोट आउन बाँकी छ, रिपोट आएपछि सामान्य अवस्था भएका डिस्चार्ज गर्छौं ।’

पोखरामा रहेका निगमलाई स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार काठमाडौंस्थित नर्भिक अस्पताल ल्याइएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...