पश्चिमी पहाडी भूभाग र पूर्वका केही ठाउँमा पानी पर्ने सम्भावना

Mausam

काठमाण्डौ । पश्चिमी वायुको प्रभावले गएको बिहीबारदेखि देशभरको मौसम बदली भैरहेको छ । आइतबारदेखि उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसममा सुधार आउने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका केही ठाउँमा कुहिरो लागेको भए पनि विस्तारै हट्दै गएर दिउँसो घाम लाग्ने मौसमविद् मञ्जु बासीले जानकारी दिए । ‘बिहीबारदेखि आएको मौसमी प्रणाली हटेकाले आइतबार मौसम सफा हुने उनको भनाई छ । तर पश्चिमी भेगमा भने अलिअलि प्रभाव बाँकी नै भएकाले पश्चिम पहाडी भेग र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।’

आइतबार मौसममा सुधार आएपनि सोमबार फेरि अर्को पश्चिमी वायु भित्रिन लागेकोले भोलिदेखि फेरि मौसममा बदली हुने महाशाखाले जनाएको छ । बिहीबारदेखि आएको मौसमी प्रणाली केही कमजोर भएर शुक्रबार देशभरको मौसम सफा भए पनि शनिबार फेरि देशका विभिन्न ठाउँमा मेघ गर्जनसहित पानी परेको थियो ।

सोमबारदेखि फेरि नयाँ प्रणाली आउने भए पनि सोमबार काठमाण्डौको मौसम भने सफा नै हुने महाशाखाले जनाएको छ ।

यो वर्ष लगातार रुपमा आइरहेको पश्चिमी वायुको प्रभावले देशभर बदली र वर्षा भैरहेको छ । लामो समयसम्म घाम पनि लाग्न सकिरहेको छैन । यो वर्ष गएको पुस २३ गते काठमाण्डौ उपत्यकामा पहिलोपटक हिउँदे वर्षा भएको थियो । त्यसपछि भने लगातार रुपमा पश्चिमी वायुको भित्रिरहेको छ ।

नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायू भूमध्य सागरदेखि आउँछ । भूमध्य सागरको माथि बन्ने यो प्रणाली सतहदेखि झन्डै पाँच किलोमिटर माथि हुन्छ ।

निकै माथि हुने भएकाले यो प्रणाली मनसुनजस्तो बलियो हुँदैन । यसैको प्रभावले  उच्च क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा वर्षा हुने गर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...