प्रहरीद्धारा १२ किलो चरेससहित ३ जना पक्राउ

3 jana pakrau

काठमाडौँ । पर्सा प्रहरीले १२ किलो चरेससहित तीन जना भारतीयलाई पक्राउ गरको छ ।

पक्राउ पर्नेमा भारत हरियानाकी निशा साह, सोनाली साह र भारत मोतिहारीका राकेशकुमार चौरसिया रहेका छन् ।

प्रहरीले शुक्रबार साँझ साढे ७ बजे वीरगञ्ज महानगरपालिका–१६ बाट रक्सौल हिँडेका निशा, सोनाली र चौरसियालाई चरेससहित पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये निशाको साथबाट पाँच किलो, सोनालीको साथबाट चार किलो र चौरसियाको साथबाट तीन किलो चरेस बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेकाबाट आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...