आज उपत्यकामा वर्षा, भोलिदेखि मौसममा सुधारको सम्भावना

Barsa

काठमाडौँ । अहिले काठमाडौं उपत्यकामा पानी परिरहेको छ । देशका अन्य भूभागमा पनि पानी पर्ने सम्भावना छ । भोलिदेखि भने मौसम सुध्रने सम्भावना रहेको छ ।

आज देशका अधिकांश स्थानमा आंशिकदेखी सामान्य बदली हुने संभावना छ । पूर्व, मध्य र पश्चिमका केही स्थानमा हल्का पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमबीद् सुजन सुवेदीले जानकारी दिए ।

आज राति देशका पश्चिमी र मध्य भू–भागमा अंशिक बदलि रहनेछ ।

पूर्वी भू–भागमा सामान्य बदली र पूर्वी तथा मध्य पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशका पूर्वी हिमाली भेगहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

काठमाडौ उपत्यकाको न्युनतम तापक्रम आज विहान ८ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...