जुम्लामा हिमपात र वर्षाका कारण मोवाइल सेवा अवरुद्ध

Network 1211

काठमाडौं । गत हप्ता परेको हिमपात र वर्षाका कारण जुम्ला जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका, शुभकालिका गाउँपालिका र खाँडाचक्र नगरपालिकामा एक हप्तादेखि मोवाइल सेवा अवरुद्ध भएको छ ।

हिमपात र वर्षाका कारण अवरुद्ध बनेको टेलिफोन टावरहरु पुन सञ्चालनमा आउन सकेको छैन ।

मोवाइल सेवा अवरुद्ध भएपछि स्थानीयहरु सेवा लिन जिल्ला सदरमुकाम मान्म र जुम्लाको सदरमुकाम खलङ्गामा जानु परेको छ ।

मोवाइल सेवा अवरुद्ध भएपछि फोन गर्न टाढा जानुपरेको र समस्या समाधानको लागि कसैले चासो नदेखाएको तिलागुफा नगरपालिका ६ का कलबहादुर शाहीले बताए ।

मोवाइल सेवा अवरुद्ध भएकोबारे नेपाल टेलिकमलाई जानकारी गराएको र छिट्टै सेवा पुन सञ्चालन गर्ने नेपाल टेलिकमले जनाएको महावै गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...