आफ्नै श्रीमानविरुद्ध जबरजस्ती बरणीको उजुरी

Adalat mudda faisala

डोटी । श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्द एक महिलाले श्रीमानविरुद्ध बलात्कारको उजुरी दिएकी छन् ।

शिखर नगरपालिका वडा नम्बर ६ की एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।

उनले जिल्ला प्रहरी कार्यालय डोटीमा यही फागुन १ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले बताए ।

उनले भने, ‘श्रीमानले जबरजस्ती करणी गर्न खोजेको भन्दै निजकी श्रीमतीले मुद्दा दर्ता गराउनु भएको छ, हामीले श्रीमानलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अन्य अनुसन्धान सुरु गरिरहेका छौँ ।’

आफनै श्रीमानले बलात्कार गर्न खोजेको भन्ने विषयमा डोटीमा श्रीमतीले मुद्दा दर्ता गराएको यो पहिलो पटक हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक बमका अनुसार श्रीमतीले दिएको निवेदनअनुसार कसुर प्रमाणित भए निज श्रीमानलाई २ वर्ष ६ महिना जेल सजाय हुन सक्ने नियम रहेको जानकारी दिए ।

उनीहरुबीच विवाह भएको ८/९ वर्ष भएको र उनीहरुबाट दुई वटा सन्तान समेत जन्मिसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...