ट्रयाक्टरले ठक्करदिँदा एक बालिकाको ज्यान गयो

Mirtu balak

सप्तरी । सप्तरीको राजविराज नगरपालिका-१ स्थित कञ्चनपुर सडकमा ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

राजविराजबाट कञ्चनपुरतर्फ जाँदै गरेको स.१ त ५५३४ नम्बरको ट्रयाक्टरको ठक्करले स्थानीय विक्रम गिरीकी छोरी करिब १० वर्षीया अञ्जली गिरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शुक्रबार साँझ ट्रयाक्टरको ठक्करले गम्भीर घाइते भएकी अञ्जलीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

गम्भीर घाइते बालिकाको अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

बालिकालाई ठक्कर दिने ट्रयाक्टर र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...