यात्रुबहाक बस र जन्ती बस एकआपसमा ठोक्किँदा ४२ जना घाइते

Buss

दाङ । दाङको श्रीगाउँमा यात्रुबहाक बससँग एउटा जन्ती बस ठोक्किदा ४२ जना घाइते भएका छन् ।

दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा तुलसीपुरबाट बगाले तर्फ जाँदै गरेको रा १ ख १७७० नम्वरको बस र पश्चिमको खैरेनीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना ८ ख १०१७ नम्वरको जन्ती बस एक आपसमा ठोकिदा दुर्घटना भएको हो ।

शुक्रवार दिउँसो करिब ४ बजे भएको दुर्घटनामा परी ४२ जना यात्रु र जन्ती घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षकका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा घाइतेलाई ल्याइएको छ ।

इप्रकाको सञ्चार शाखाका अनुसार हालसम्म २५ जना घाइतेको नाम आएको र त्यसमध्ये ९ जना गम्भीर घाइते छन् ।

अहिले घाइतेको उद्धार र अस्पताल ल्याउने काम चलिरहेको हुँदा थप विवरण केही बेरमा उपलब्ध गराउने प्रहरीले बताएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...