बोक्सी भन्दै बुहारीद्धारा सासुमाथि कुटपिट, बुहारीसहित २ महिला पक्राउ

Pakrau mahila

दाङ । दाङमा बोक्सीको आरोपमा सासू कुट्ने बुहारी र बोक्सीको आरोप लगाउने महिला पक्राउ परेका छन् ।

शान्तिनगर गाउँपालिका वडा नम्बर ४ पातेटाकुरा निवासी २७ वर्षीया बुहारी शोकमाया बूढामगरले माघ २८ गते दिउँसो आफ्नै सासू सैसरा बूढामगरलाई बोक्सी भन्दै निर्घात कुटपिट गरेकी थिइन् ।

दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले पीडितको जाहेरीको आधारमा बुहारीलाई पक्राउ गरिएको सेतोपाटीलाई जानकारी दिए ।

बुहारी पक्राउ परेपछि सोधपुछ गर्दा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ डाँडापातु निवासी ५५ वर्षीया ‘माता’ भनिने विष्णु श्रेष्ठले शोकमायालाई उनकै सासू बोक्सी लागेको भन्ने बताएको आधारमा कुटपिट गरेको भन्ने बयान दिएपछि ‘माता’ भनिने श्रेष्ठलाई पनि पक्राउ गरिएको जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले शोकमाया बिरामी भएपछि माता भनिने विष्णु कहाँ झारफुक गर्न गएको र विष्णुले घरकै सासू बोक्सी लागेको बताएपछि शोकमायाले सासूलाई घर फर्केर निर्घात कुटपिट गरेको भन्ने खुल्न आएको बताए ।

‘गाउँघरमा भ्रम सृजना गर्दै म भूतप्रेत र बोक्सी लागेकालाई ठीक पार्न सक्छु भन्ने दाबी गर्दै श्रेष्ठले करिब १० वर्षदेखि हात हेर्ने तथा झारफुक गर्दै आएको भन्ने खुल्न आएको छ,’ डिएसपी शाहीले भने ।

दाङ देउखुरी जिल्ला अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको बताएका डिएसपी शाहीले पक्राउ परेका दुवै महिलाविरूद्ध मुलुकी अपराधसंहिता अनुसार कारबाही प्रक्रिया बढाइएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...