प्रहरीद्धारा अवैध लागुऔषधसहित २ जना पक्राउ

3 jana pakrau

रुकुमपश्चिम । बिहीबार बिहान ७ बजेतिर आठबिसकोट ४ को जाजरकोट–डोल्पा सडकखण्डको अनाहा भन्ने स्थानबाट अवैध रुपमा लुकाई राखेको अफिम र चरेस जिल्ला प्रहरी कायार्यलय रुकुम पश्चिमले बरामत गरी शुक्रबार सार्वजनिक गरेको छ ।

जाजरकोटको त्रिवेणी नगरपालिका १३ का ४२ वर्षीय धनबहादुर मल्ल र आठबिसकोट १२ का ३० वर्षीय चन्द्रबहादुर शाहीलाई लागुपदार्थसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कालो रंगको झोला बोकी शंकास्पद रुपमा डोल्पातर्फबाट आइरहेका दुई व्यक्तिलाई चेकजाँच गर्ने क्रममा लगु औषध भेटिएको हो ।

पक्राउ गरेका मल्लको साथबाट सात किलो चरेस र ५ किलो अफिम प्रहरीले फेला पारेको हो । साथै उनिहरुबाट नगद ५० हजार र एक थान स्प्रिङ तराजु पनि वरामत गरेको प्रनाउ खड्काले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत रुकुम पश्चिमबाट ६ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...