विराटनगरबाट सुपारी तस्करी गर्ने ४ जना पक्राउ

Pakrau 12

विराटनगर । नेपालबाट भारततर्फ सुपरी तस्करी गर्दै गर्दा शुक्रबार चार जना महिला विराटनगरबाट पक्राउ परेका छन् ।

भन्सार छली गरेर सुपारी लैजाँदै गरेको अवस्थामा विराटनगर-१७ की ५५ वर्षीया कान्ति रमात, ५० वर्षीया महिमुन खातुन, २६ वर्षीय रसिदा खातुन र २७ वर्षीया जरिना खातुन रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

पक्राउ परेकाको साथबाट प्रहरीले १५ किलो सुपारी बरामद गरेको छ । श्रेष्ठले पक्राउ परेका सबै महिला सुपारी तस्करी गर्ने भरिया भएको बताए ।

पक्राउ परेकालाई बरामद गरिएको सुपारीसहित कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...