भालुगौंडा जंगलमा एक महिलाको शव फेला

Mirtu mahilaaa

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका-१० स्थित भालुगौंडा जंगलमा शुक्रबार दिउँसो अन्दाजी ५०/५५ वर्षको जस्तो देखिने एक महिलाको शव फेला परेको छ ।

पहाडे मुलकोजस्तो देखिने महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गबाट करिब ८ सय मिटर उत्तरको जंगलमा माटोको ढिस्को लडेर बनेको खाल्डोमा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

शवको वरपर किटनासक विषादीको गन्ध आएका कारण घटनाको गम्भीर रुपमा अनुसन्धान सुरु गरिएको उनले बता ।

उनका अनुसार घटनास्थल वरपर कुनै विषादीका कुनै बट्टा वा विषादी राख्न प्रयोग गरिने वस्तु भने फेला परेको छैन । जंगलमा घाँस दाउरा काट्न गएका स्थानीयवासिन्दाले शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।

प्रहरीले विषादी सेवन गराएर महिलाको हत्या गरिएको हो वा महिला आफैले विषादी सेवन गरी आत्महत्या गरेको हो भन्ने बारेमा खुलिनसकेको प्रहरीले जनाएको छ ।

महिलाको शरीरमा कुनै चोटपटक नभेटिएको जनाइएको छ । ’बाहिरबाट हेर्दा शरीरका कुनै पनि अंगमा चोटहरु देखिदैन,’ प्रनि बजगाईले भने, ’ती महिला को हुन् र कहाँबाट त्यहाँ पुगिन् भन्ने पनि खुल्न सकेको छैन।’

पृथ्वी राजमार्ग बस सञ्चालक समितिले सञ्चालन गरेको ८०८६ नम्बरको बसको टिकट महिलाको साथबाट फेला परे पनि बसको अल्फाबेट भने टिकटमा नखुलाइएको प्रहरीले जनाएको छ ।

टिकटमा महिलाको नाम उल्लेख नगरिकन काठमाडौं मात्रै लेखेका कारण शवको पहिचान गर्न नसकिएको प्रहरीको भनाइ छ ।

पोष्टमार्टमका लागि शव मोरङको उर्लाबारस्थित मंगलबारे अस्पतालमा लगिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...