बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते

Durghatana

धादिङ । यात्रुवाहक बसले मोटरसाइकलाई ठक्कर दिँदा दुईजना गम्भीर घाइते भएका छन् ।

पृथ्वीराजमार्गको नौबिसे–मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटमा धादिङबेसीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८९३४ नम्बरको ग्रामिण यातायातको बसले विपरित दिशाबाट आइरहेको बा ४२ प ५९२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुवैजना गम्भीर घाइते भएका हुन् । उनीहरुलाई उपचारको लागि काठमाडौंस्थित वीर अस्पताल पठाइको छ ।

जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी डिएसपी प्रकास विष्टका अनुसार दुर्घटनापछि बसका चालक फरार रहेकाले खोजी कार्य जारी छ ।

बस र मोटरसाइकललाई अहिले सिम्लेस्थित अस्थायी प्रहरी पोष्टमा नियन्त्रणमा राखिएको छ । दुर्घटनामा घाइते भएकाहरुको परिचय खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...