प्रचार प्रसारमा फरक शैली अपनाउँदै ‘रुमालै छ चिनो’

Rumalai cha chino

काठमाडौं । प्रदर्शनको मिति नजिँकिदै गर्दा चलचित्र ‘रुमालै छ चिनो’ को प्रचार प्रचार तीव बनाएको छ । आगामी शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्र रुमालै छ चिनोको निर्माण टीमले प्रचार प्रसार तीव्र बनाएको छ ।

यसैक्रममा निर्माण पक्षले बिहीबार भ्यालेन्टाइन डे को अवसर पारेर काठमाडौंको व्यस्त स्थानमा दर्शकलाई रमाल बाढ्यो । अहिले निर्माण टीमले चलचित्रको प्रचार फरक शैलीमा गरिरहेको छ ।

उपत्यकामा प्रचार प्रचार तीव्र बनाए पनि निर्माण पक्ष उपत्यका बाहिर पुग्न सकेको छैन । फागुन ११ गतपछि मात्रै सबै कलाकारसहित निर्माण पक्ष उपत्यका बाहिरका हलमा दर्शक भेट्न पुग्ने बताइएको छ ।

दिनेश सिंह ठकुरी निर्देशित यो चलचित्रमा किशोर खतिवडा, सञ्चिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, अम्रिता पाण्डे, शान्ति श्रेष्ठ, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा रेशम थापाको कथा छ ।

ज्योती फिल्मस्को ब्यानरमा बनेको यो चलचित्रमा चन्द्रबहादुर खड्का, दिपक ढकाल र रामप्रसाद पाण्डेको सयुक्त लगानी छ ।

चलचित्र रुमालै छ चिनोको हालै सार्वजनिक ‘ए माया’ र ‘आमा नबस्नु पर्खेर’ बोलको गीतले दर्शक स्रोताको मन जित्न सफल बनेको छ ।

‘आमा नबस्नु पर्खेर’ बोलको गीतमा युद्धमा सहभागी सिपाहीले घर परिवारलाई सम्झिदाको पीडा देखाउन खोजिएको छ । बिरही कार्कीको स्वर र संगीत रहेको रहेको सो गीतको शब्द सिर्जना रेशम थापाका छ । चलचित्र ‘रुमालै छ चिनो’ थापाकै चर्चित गीतबाट बनाइएको छ ।

चलचित्र रुमालै छ चिनोमा सुशान्त कार्की इण्डियन लाहुरेको भूमिकामा देखिएका छन् भने उनको जोडीको रुपमा नवनायीका नायिका अप्सना थापा देखिएकी छन् ।

चलचित्र ‘रुमालै छ चिनो’ का निर्माण पक्ष प्रचार प्रसारमा लागेको छ । चलचित्र सफल बनाउन सबै हलहलमा पोष्टर पुर्याइसकेको निर्देशक ठकुरीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...