उपविजेतामै खुम्चियो नेपाल, म्यानमार बन्यो हिरो गोल्डकप विजेता

Upabijeta

काठमाडौं । हिरो गोल्डकप फुटबल प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको छ । उपाधि भिडन्तमा म्यानमारसँग ३-१ ले पराजित हुँदै नेपाल उपविजेतामा सीमित बनेको हो । भारतको उडिसास्थित कालिङ्गा रंगशालामा म्यानमारलाई १–१ गोलको बराबरीमा रोके पनि नेपालले दोस्रो हाफमा दुई गोल ब्यहोरेको हो ।

खेलमा अग्रता ३५ औ मिनेटमा म्यानमारले यि यि ओको गोलबाट लिएको थियो । ४५ औ मिनेटमा मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिईन् ।

तर ५३ औ मिनेटमा विन थिङ तुनले गोल गर्दै म्यानमारलाई पुन अग्रता दिलाईन् । ६३ औ मिनेटमा यिले ब्यक्तिगत दोस्रो गोल गर्दै म्यानमारको जित सुनिश्चित गरिन् ।

भारत र ईरानलाई हराउँदै फाईनल पुगेको नेपालले म्यानमारको चुनौती पार गर्न सकेन । लिग चरणको पहिलो खेलमा नेपाली टिम म्यानमारसंग ३–० ले पराजित भएको थियो ।

फिफा वरियतामा आफु भन्दा ६४ स्थानमाथि रहेको टिमसंग नेपालले फाईनल खेलेको थियो । साफ र ओलम्पक छनोटको तयारीका लागि भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...