आमा-बाबुको सम्बन्धबारे बोलिन् सारा अली खान

Saralkhan

काठमाडाैं । पछिल्लो समय बलिउडमा ह्वात्तै चर्चा कमाएकी नायिका सारा अली खानले आफ्नो आमा र बुवाको सम्बन्धबारे सार्वजनिक रुपमा बोलेकी छिन् । नायक सैफ अली खान र नायिका अमृता सिंहकी जेठी छोरी साराले हालसालै एक कार्यक्रममा बोल्दै आफ्ना आमा र बुवा छुट्टीएपछि उनीहरु खुशी रहेको आफुले भोगेको बताइन् ।

हालसालै फिल्मफेयरसँगको अन्तर्वार्तामा साराले भनिन् , ‘मानिसहरु खुशी हुन नसकेपछि त्यस्तो घरमा बस्नु हुँदैन । ती दुबै (अमृता र सैफ) एकदम खुशी, मनमौजी र रमाइला मानिस हुन्, तर व्यक्तिगत रुपमा । साथमा रहँदा उनीहरु खुशी थिएनन् । उनीहरुले यो कुरा अनुभव गरेजस्तो लाग्छ । भाग्यवश, अहिले मसँग एउटा होइन दुईवटा खुशी घर छ ।’

आमा अमृता सिंहका साथ बस्दै आएकी उनले एक्लै बस्ने निर्णय समेत लिएकी छिन् । सारा अली खान गाडीमा सामानहरु राख्दै गरेको तस्विरहरु सामाजिक सञ्जाल तथा मिडिया सार्वजनिक भएका थिए । त्यसपछि अहिले सारा अली खान आफैले सामाजिक सञ्जालमा एक तस्विर पोष्ट गरेकी छिन् । तस्बिरमा उनी सामानहरुको साथमा छिन् र क्याप्सनमा उनले ‘एक नयाँ सुरुवात’ लेखेकी छिन् ।यसअघि करन जोहरको शो मा पनि उनले आफ्नो आमा-बुवा एक्लै रहँदा बढि खुशी भएको बताएकी थिइन् । पछिल्लो समय केदारनाथ र सिम्बा जस्तो सफल फिल्ममा काम गरेर हिट भएकी सारा अब केहिसमयमै वरुण धवनसँग कुली नम्बर १ नामक फिल्ममा देखिइदैछिन् ।

प्रतिकृया दिनुहोस