पल र आँचल 'दिल राजा दिल रानी' भएपछि भिडियोसहित

Aap

काठमाडौं । म्याग्देली गायिका ईन्दु बाँनियाको बिल्कुलै फरक खालको गीत ”दिल राजा दिल रानी” भर्खरै मात्र बजारमा आएको छ । जसमा चर्चित संगीतकार बिबि अनुरागी र ईन्दु बाँनियाको स्वर रहेको छ । चर्चित गीतकार सुमन श्रापीतको शब्द रचना रहेको यस गीतमा उनै चर्चित संगीतकार बिबि अनुरागीको संगीत तथा एरेञ्ज रहेको छ ।

गीत संगीतका ईमान्दार एबम् चर्चित ध्वनी सम्पादक श्याम श्वेत रसाईले यस गीतलाई मिक्सिङ गरेका हुन् । गम्भिर बिस्टको निर्देशन रहेको यस गीतमा सुबोल थापाको सह निर्देशन, नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा पल शाह र आचल शर्माको दमदार अभिनय हेर्न पाईन्छ । उस गीतलाई दर्शक श्रोताहरुले रुचाउने अनुमान गरिएको छ । कत्तिको सफलता पाउछ की पाउदैन भन्ने कुराको परिक्षाफल हेर्न भने बाँकी र्नै छ ।

गीत संगीत क्षेत्रलाई नै निरन्तरता दिने सोंच रहेको बताउदै अहिलेको गीतलाई माँया गरिदिनुहुन समेत अनुरोध गरेकी छिन्। दिल राजा दिल रानी गीतको पुर्ण सफलताको लागी हाम्रो तर्फबाट शुभकामना ।

Video

प्रतिकृया दिनुहोस