नेपाल हिरो गोल्डकप फुटबलको फाईनलमा प्रवेश

Hiro

काठमाडौं । नेपाल हिरो गोल्डकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई पराजित गरेसंगै नेपाल उपविजेताको रुपमा प्रतियोगिताको फाईनल प्रवेश गरेको हो ।

लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई हरायो । नतिजासंगै म्यानमार अपराजित रहदै ९ अंक सहित फाईनल प्रवेश ग¥यो । तीन खेलमा ६ अंक जोडेको नेपाल उपविजेताको रुपमा म्यानमारसंग उपाधि भिडन्त पक्का ग¥यो । नेपालले उपाधिका लागि आगामी शुक्रबार म्यानमारसंग प्रतिस्पर्धा गर्नेछ ।

भारत एक जित सहित ३ अंक बटुल्यो । इरान अंक विहिन हुदै घर फर्कियो । लिग चरणको अन्तिम खेलमा ईरानलाई पराजित गर्दै नेपालले फाईनल प्रवेशका प्रवल सम्भावना बनाएको थियो । कालिङ्गा रंगशालामा बुधबार भएको खेलमा नेपालले इरानलाई ३–० गोल अन्तरले पराजित गरेको गरेको हो ।

नेपालको जितमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् । एक गोल अनिता बस्नेतको नाममा रह्यो । नेपालले खेलको ४१ औ मिनेटमा अनिता बस्नेतको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल थप्यो ।

सावित्रा भण्डारीले ५९ औ मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन । खेल सकिन एक मिनेट बाँकी छदाँ व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाईन । साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...