पोर्टोविरुद्व घरेलु मैदानमा रोमालाई अग्रता

1550010538roma

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा प्रि क्वार्टरफाईनलको खेलमा ईटालियन क्लब रोमाले एफसी पोर्टोलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा रोमाले पोर्चुगिज क्लबविरुद्व २–१ को अग्रता लिन सफल भएको छ ।

निकोलो जोनिलोले ७० औ मिनेटमा गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए । ७६ औ मिनेटमा उनले घरेलु टोलीको अग्रतालाई दोब्बर पारेका थिए । घरेलु लिगमा गतिलो प्रर्दशन गर्न नसकेको रोमालाई पछिल्लो नजिताले केही राहत दिएको छ ।

७९ औ मिनेटमा लोपेजले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो सफल हुन सकेन । दोस्रो लेगको खेल पोर्टोको घरेलु मैदानमा हुनेछ । खेल मार्च ६ मा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...