फागुनमा लगनगाठो कस्ने वर्षा र संजोगले साटे औंठी

52153160 2488285737911754 7778737435835367424 n
काठमाडौं ।  ७ वर्ष लामो प्रेम सम्बन्धलाई आउँदो फागुन २ गते प्रेम दिवसको दिन विवाहमा परिणत गर्न लागेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले टिकाटालो गरेका छन् । सोमवार उनीहरुले दुबै परिवारको उपस्थितिमा एकअर्कालाई औंठी लगाए ।
 
इन्गेजमेन्टको तश्बिर सार्वजनिक गर्दै वर्षा र संजोगले आ-आफ्नो आधिकारिक फेसबुकमा एउटै प्रेमिल वाक्य लेखेका छन्, ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’ उनीहरुले आफूहरुको संयूक्त नाम समेत जुराएका छन् । दुईले संयूक्त नाम ‘सन्सा’ राखेका छन् ।
 
 
केही हप्ता अगाडि यो जोडीले फरक शैलीमा निमन्त्रणा कार्डमार्फत् विवाहको मिति घोषणा गरेका थिए । अहिले उनीहरुलाई चलचित्रकर्मी तथा शुभचिन्तकहरुको बधाई तथा शुभकामनाको ओहिरो लागेको छ । ‘सन्सा’ जोडीको विवाह २०७५ को सबैभन्दा प्रतिक्षीत वेडिङ हो ।
 
७ वर्ष अगाडि एक फिल्मको अडिसनको क्रममा संजोग र वर्षाको पहिलो पटक भेट भएको थियो । पहिलो भेटबाटै उनीहरु एकअर्कासँग नजिक भए । अब उनीहरु प्रेम गर्नेहरुका लागि विशेष दिन अर्थात् 'भ्यालेनटाइन डे' को दिन अग्नीलाई साक्षी राखेर सँगै बाँच्ने सँगै मर्ने कसम खाँदैछन् ।
 
अभिनेत्री वर्षाले विवाहपछि पनि फिल्ममा सक्रिय रहने बाचा गरेकी छन् । उनको नयाँ फिल्म 'गोपी' अहिले हलमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ । यसअघि उनको 'चौका दाउ' प्रदर्शनमा आएको थियो । दुबै फिल्म बक्सअफिसमा पत्तासाफ भए । अहिले उनी 'जात्रै जात्रा' मा व्यस्त छिन् ।
 
अभिनेता संजोग भने फाट्टफुट्ट फिल्महरु गरिरहेका हुन्छन् । उनी अभिनीत पछिल्लो फिल्म कथा काठमाण्डू हो, जसले दर्शक रिझाउन सफल भएन । यसपछि उनले कुनै फिल्म गरेका छैनन् । ‘सन्सा’ जोडीले पहिलो पटक साथमा फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा काम गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...