आईसीसी वरियता : टप ४० मा अटाए पारस खड्का

Khadka paras

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का आईसीसी बरियातामा ट्वान्टी-२० अलराउन्डरतर्फ ४०औं स्थानमा उक्लिएका छन् । जुन पारसको करियरमै सबैभन्दा उच्च स्थान हो ।

युनाइटेड अरब इमिरेट्स (यूएई) बिरूद्धको ट्वान्टी-२० शृङ्खलामा नेपाल २-१ ले विजयी भएको थियो । ट्वान्टी-२० मै ब्याट्सम्यानको बरियतामा पनि पारस पाँच स्थान माथि उक्लिएका छन् । पारस ब्याटिङमा ९०औं स्थानमा छन् । अघिल्लो महिना कप्तान पारस ब्याटिङतर्फ ९६औं स्थानमा थिए  ।

नेपालका बलिङ अलराउन्डर सोमपाल कामी अलराउन्डरतर्फ २२ स्थान माथि उक्लिएका छन् । सोमपाल ५१औं स्थानमा छन् । त्यस्तै बलिङमा सोमपाल ७० र बसन्त ७१ औं स्थानमा छन् । अघिल्लो महिना सोमपाल ९३ र बसन्त ७४ औं स्थानमा रहेका थिए ।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय बरियतामा अलराउण्डरतर्फ अष्ट्रेलियाका ग्लेन म्यासवेल शीर्ष स्थानमा छन् । ब्याटिङतर्फ पाकिस्तानका बाबर अजाम शीर्ष स्थानमा रहँदा बलरतर्फ अफगानस्थानका रासिद खान पहिलो नम्बरमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...