हिरो महिला गोल्डकप : नेपालले भारतलाई २–१ ले हरायो

Freekick bflpvsdygc

काठमाडौं । भारतको उडिसामा भैरहेको हिरो गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत नेपालले भारतलाई २–१ गोलले हराएको छ । भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपालले भारतलाई दुई–एकले हराएको हो ।  खेल सुुरु भएको पाँचौ मिनेटमै नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

त्यसको एक मिनेटमै फेरि नेपाली खेलाडीले प्रहार गरेको बललाई भारतीय गोलकीपर अदिती चौहानले नै जाली चुमाइन् । उपहार गोलमार्फत नेपालले अग्रता दोब्बर बनायो । खेलको ८४औँ मिनेटमा भारतका लागि रत्नाबाला देवीले फ्रीकिकमार्फत गोल गरिन् ।

पहिलो खेलमा म्यानमारसँग तीन-शून्यले पराजित भएको नेपाल विजय लक्ष्यका साथ मैदान उत्रिएको थियो ।  जितसँगै म्यानमारले तालिकामा तीन अंक जोडेको थियो । नेपालले आजको जितसँगै तीन अंक जोडेको छ ।  आजको खेलमा जित हात पारेसँगै नेपालको उपाधि होड कायमै छ । आउँदो बुधबार नेपालले इरानसँग खेल्नेछ ।

आजै भएको अर्को खेलमा म्यानमारले इरानलाई २-० ले हराएको थियो ।  आजको जितसँगै अंकतालिकामा म्यानमारको ६ अंक भएको छ भने दुवै खेल हारेको इरान भने अंकविहीन रहेको छ । पहिलो खेलमा इरानलाई हराएको भारतको पनि तीन अंक रहेको छ ।

प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारीस्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...