डीपीएलमा काठमाडौंको विजयी सुरुआत, घरेलु टोली धनगढी पहिलो खेलमै पराजित

Dpl

काठमाडौं । गोल्डेन्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
आज धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको पहिलो खेलमा काठमाडौंले घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटको पराजित गरेको हो ।

सोमपाल कामीको कप्तानीमा रहेको धनगढीले दिएको १३३ रनको विजय लक्ष्य ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा र्गयो ।


यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धा्रित् २० ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । डीपीएलको दोस्रो संस्करणको उपाधि टिम चौराहा धनगढीले जितेको थियो । योपालि धनगढी स्टार्सको नाममा घरेलु टोली प्रतियोगितामा सहभागी भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...