दोधारा चाँदनीमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Raning cup dodhara

कञ्चनपुर । महाकाली नगरपालिकामा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।

शारदा सरस्वती माध्यमिक विद्यालयको आयोजना र महाकाली नगरपालिका कार्यालयको सहयोगमा कार्यक्रमका बीच प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उदघाटन सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनारले गरे ।

प्रतियोगितामा नगरपालिकाका संस्थागत र सामुदायिक गरी ९ विद्यालयले भाग लिएका छन् । प्रतियोगिता फागुन १ गते सम्म संचालन हुने आयोजक विद्यालयले जनाएको छ ।

सो प्रतियोगितामा सांसद सुनारले चालु आर्थिक वर्षमा महाकाली नगर क्षेत्रमा खेलमा राम्रो बजेट विनियोजन गरेको बताउँदै आगामी दिनहरुमा प्रदेश सभाबाट रंगशाला निमार्ण गर्न पहल गर्ने प्रतिबद्धता जनाए । बर्तमान समयमा खेलकुदमा धेरै समस्या र चुनौती देखिएपनि खेलकुदको माध्यम बाट पर्यटनलाई जोड्दै आर्थिक समृद्धी तर्फ अगाडि बढाउन सकिने उल्लेख्य सम्भावना रहेको उनले बताए ।

प्रतियोगिताको उदघाटन कार्यक्रममा महाकाली नगरपालिकाका महाकाली नगरपालिकाका मेयर वीरबहादुर सुनार, उपमेयर चिनी ओझा गिरी, मुल आयोजक समितिका संयोजक भक्तबहादुर सुनार, जिल्ला खेलकूद विकास समिति सदस्य ओम बस्नेत, जिल्ला खेलकूद विकास समिति कञ्चनपुरका प्रशिक्षक प्रमुख बिमल खडायत, स्रोत व्यक्ति उद्धव ठगुन्ना, नेपाल स्काउटका चन्द्रकला पन्त, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक चेतराज पनेरु, सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट महाकालीका जंगबहादुर कुंवर लगायतका सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...