चलचित्र ‘रुमालै छ चिनो’ को आयो सबैलाई रुवाउने गीत

Rumalai cha chino

काठमाडौं । आउँदो फागुन १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रुमालै छ चिनो’ को ‘आमा नबस्नु पर्खेर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । यसअघि यसै फिल्मको ‘ए माया’ बोलको पहिलो गीत सार्वजनिक भइसकेको छ ।

सो गीतमा युद्धमा सहभागी सिपाहीले घर परिवारलाई सम्झिदाको पीडा देखाउन खोजिएको छ । बिरही कार्कीको स्वर र संगीत रहेको रहेको सो गीतको शब्द सिर्जना रेशम थापाका छ । चलचित्र ‘रुमालै छ चिनो’ थापाकै चर्चित गीतबाट बनाइएको छ ।

चलचित्र रुमालै छ चिनोमा सुशान्त कार्की इण्डियन लाहुरेको भूमिकामा देखिएका छन् भने उनको जोडीको रुपमा नवनायीका नायिका अप्सना थापा देखिएकी छन् ।

दिनेश सिंह ठकुरी निर्देशित यो चलचित्रमा किशोर खतिवडा, सञ्चिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, अम्रिता पाण्डे, शान्ति श्रेष्ठ, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा रेशम थापाको कथा छ ।

ज्योती फिल्मस्को ब्यानरमा बनेको यो चलचित्रमा चन्द्रबहादुर खड्का, दिपक ढकाल र रामप्रसाद पाण्डेको सयुक्त लगानी छ ।

आउँदो फागुन १० प्रदर्शनमा आउने चलचित्र ‘रुमालै छ चिनो’ का निर्माण पक्ष प्रचार प्रसारमा लागेको छ । चलचित्र सफल बनाउन सबै हलहलमा पोष्टर पुर्याइसकेको निर्देशक ठकुरीले बताए ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...