लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा फर्कियो

1950339755liverpool win

काठमाडौं । लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थान फर्किएको छ। लिभरपुलले शनिबार राति भएको खेलमा वर्नमाउथलाई ३–० गोलले पराजित गरेर शीर्ष स्थानमा पुनस् कब्जा जमाएको हो।

लिभरपुलका लागि साडियो मानेले २४ मिनेटमा पहिलो गोल गरे। विन्जाल्डमले ३४ मिनेटमा दोस्रो गोल गर्दा मोहमद सलाहले ४८ मिनेटमा अर्को गोल थपे।

लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई ३–० गोलले हराएको छ। म्यानचेस्टरका लागि पाउल पोग्बाले १४ मिनेटमा पहिलो गोल गर्दा ६५ मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गरे। त्यसअघि मार्टियलले २४ मिनेटमा टिमको अग्रता दोब्बर पारेका थिए।

यता आर्नसलले हडर्सफिल्डलाई २–१ ले पराजित गरेको छ।

लिगको शीर्ष स्थानको लिभरपुलको २६ खेलबाट ६५ अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६२ अंक छ। टोटनह्याम २५ खेलबाट ५७ अंक जोडेर तेस्रो स्थानमा छ। म्यानचेस्टर युनाइटेड २६ खेलबा६ ५१ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। चेल्सीको २५ खेलबाट ५० अंक छ भने आर्सनलले पनि ५० अंक नै जोडेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...