यसरी जम्दैछन् कलाकारिता क्षेत्रमा सुमन ढकाल, पहिलो भिडियोनै किन यस्तो हुन लेखेको ? भिडियोसहित

Dhakal

काठमाडौँ । नेपाली लोकगितको क्षेत्रमा फेरी अर्को एउटा नयाँ गितले कृतिमानी बाटो तय गर्न लागेको छ । युटुव च्यानलमा राखिएको छोटो अवधिमै अत्यधिक धेरै हेरिएको गितको सूचीमा पर्न लागेको हो नयाँ लोकगित “के यस्तो हुन लेखेको” ।

कृतिमानी गित सालको पात टपरी हुने बोलको गितको चर्चा सेलाउन नपाउदै उनै चर्चित गायीका विष्णु माझीको स्वरमा आएको हो गित के यस्तो हुन लेखेको । माझीलाई स्वरमा साथ दिएका छन् अर्का चर्चित गायक मोहन खड्काले । विल्कुलै नयाँ विषयबस्तुमा आधारित यस गितमा लोकप्रिय मोडल विमल अधिकारी, साया भण्डारी, सुमन ढकाललगायतले अत्यन्त मार्मिक र जिवन्त अभियान गरेका छन् ।

कलाकारहरुको अभियानले दर्शकहरु गितमा हराउने र आफैलाई विर्सने गरेको धेरै दर्शकले प्रतिक्रिया दिएका छन् । भारतीय सेनामा कार्यरत पाल्पा रामपुरका स्थायीबासिन्दा सुमन ढकालले भावना म्युजिक सोलुशन माफ्त यो गित बजारमा ल्याएका हुन् ।

मोडल बिमल अधिकारीको शब्द रचना रहेको उक्त गीतलाई अधिकारीको यसअघिको चर्चित गित सुन सवैले सुनको भाग दुईको रुपमा प्रस्तुत गरिएको छ । गितमा खेम सेन्चुरीको लय र भिडियो निर्देशन कपिल लामाले निर्देशन गरेका हुन् भने राजेश घिमिरेले छायांकन तथा अमर शाक्यले सम्पादन गरेका हुन् । गित म्युजिक नेपालको युटुव च्यानलमा छ ।

Video

प्रतिकृया दिनुहोस