बबाल रावलको तेस्रो र्‍याप गीत ‘सेक्सी जवानी…’ सार्वजनिक, हेर्नुहोस् भिडियो

Aaro

काठमाडौं । बबाल रावलको तेस्रो र्‍याप गीत ‘सेक्सी जवानी...’ सार्वजनिक भएको छ । बबालकै शब्द, संगीत र लयमा रहेको गीत चक्र बमको यूट्यूव च्यानलमार्फत सार्वजनिक भएको हो ।

बबाल रावलकै र्‍याप रहेको गीतमा अर्जुन बुढाको स्वर छ भने गीतको एरेञ्ज केशव बडुले गरेका हुन् । महेश महराको छायांकन रहेको गीतको म्यूजिक भिडियोको निर्देशन दिपक भण्डारीले गरेका छन् । म्यूजिक भिडियोमा टेकेन्द्र रोकाया, सविता राइ र रुपेश कडायतको अभिनय देख्न सकिन्छ ।

बबाल रावलका ‘नाकैमा बजाउँला’ र ‘सुन्तली’ बोलका र्‍याप गीत यसअघि नै सार्वजनिक भइसकेका छन् । पहिलो गीत ‘नाकैमा बजाउँला...’ बाटै चर्चामा आएका बबालका गीत दर्शक स्रोताहरुले मन पराएका छन् । विशेष गरी युवा पुस्ताको माया प्रेम र डिजेडान्सलाई लक्षित गर्दै उनले गीत बनाउने गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...