चौथो शहीद स्मृतिकप खुला फुटबल प्रतियोगिता फागुन १ गतेदेखि

Football sahidsmirti

रुपन्देही । शहीद स्मृति खेलकूद क्लबको आयोजना तथा मदन भण्डारी स्र्पोट्स एकेडेमीको सहकार्यमा बुटवलमा चौथो शहीद स्मृतिकप खुला नकआउट फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।

फागुन १ गतेदेखि रामनगर खेलमैदानमा हुने सो प्रतियोगिताका लागि सबै तयारी पूरा भएको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष योगेन्द्र गौतमले जानकारी दिए ।

तेइसौँ जनयुद्ध दिवसको अवसरमा आयोजना गरिने उक्त प्रतियोगितामा विजेतालाई रु एक लाख एक हजार र उपविजेतालाई रु ५० हजार ५०० सहित कप तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए । उक्त प्रतियोगितमा १० समूह सहभागी भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...