रोहित–फराहा फेरि एकै साथ, मच्चाउँदै छन् बलिउडमा ह‌ंगामा

153132738jpg

एजेन्सी । बलिउड निर्देशक रोहित सेट्टीले आफ्नो प्रोडक्सन हाउस ‘रोहित सेट्टी फिक्चर्स’ बाट निर्माण हुने आगामी फिल्म ‘सूर्यवंशी’ निर्देशनको जिम्मा फराह खानलाई दिएका छन्।

रोहितले पहिलो पटक आफ्नो प्रोडक्सन हाउसबाट बन्ने फिल्म निर्देशनको जिम्मेवारी अरुलाई नै दिएका हुन्। फराहाले निर्देशन गर्ने रोहितको नयाँ फिल्म एक्सन–कमेडी हुने बताइएको छ।

बलिउडका सफल निर्देशक रोहितका फिल्म बलिउडमा निकै सफल भएका छन्। रोहितका लगातार ८ फिल्म सय करोड क्लबमा सामेल भएका थिए। पछिल्लो पटक रोहितको फिल्म ‘सिम्बा’ ले बलिउडमा तहल्का मच्चाएको छ।

फराहा खान यो फिल्मलाई लिएर निकै उत्साहित भएकी छिन्। फराहाले कोरियोग्राफरको रुपमा बलिउडमा करिअर सुरु गरेकी थिइन्। त्यसपछि उनी फिल्म निर्देशनतिर लागिन्। उनले ‘मे हुँ ना’, ‘ओम शान्ति ओम’, ‘ह्याप्पी न्यू इयर’ जस्ता हिट फिल्म दिइसकेकी छिन्।

फराहा लामो समयपछि निर्देशनमा फर्किन लागेकी हुन्। यो फिल्ममा अक्षय कुमारले पुलिस अफिसरको भूमिका निर्वाह गर्ने तय भएको बताइएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...