हिरो गोल्डकप फुटबलमा नेपालले आज म्यानमारसँग खेल्दै

Kalinga stadium fxjaiuzj3x

काठमाडौं । भारतले आयोजना गरेको हिरो गोल्डकप फुटबलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज म्यानमारसँग खेल्दै छ ।

उडिसाको भुवनेश्वरमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ । वरियतामा आफूभन्दा माथि रहेको म्यानमारसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक भारत, इरान र म्यानमाररहेका छन् । भारतले आसन्न साफ र ओलम्पिक छनोटलाई लक्षित गर्दै यो प्रतियोगिता गरेको हो ।

नेपालले दोस्रो खेलमा २८ गते आयोजक भारतको सामना गर्नेछ । फागुन १ गते इरानसँग खेल्नेछ । राउण्ड रोविन आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल खेल फागुन ३ गते हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...