धनगढी प्रिमियर लिगको ट्रफी सार्वजनिक, पानी परेपछि उद्घाटन खेल अनिश्चित

Dpl1 x4d6gn6cbi

काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) को ट्रफी सार्वजनिक भएको छ । धनगढी क्रिकेट एकेडेमीले आज ६ टीम खेलाडीको उपस्थितिमा ट्रफी सार्वजनिक गरेको हो ।


डीपीएल ३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, सीवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । डीपीएलको माघ २६ गते अर्थात भोलि हुने भनिएको उद्घाटन खेल भने वर्षाका कारण प्रभावित हुने देखिएको छ ।


आयोजकले पानी परेपछि भोलिको खेल के गर्ने भनेर निर्णय गरिसकेको छैन । खेल एकदिन पछाडि धकेल्ने अथवा अंक बाँड्ने भन्नेबारे अहिले छलफल भइरहेको आयोजकले जानकारी दिएको छ । लगातार पानी परेपछि फाप्ला क्रिकेट मैदान हिलाम्य बनेको छ । त्यसकारण डीपीएलको खेल भोलि हुने या नहुने अनिश्चित देखिएको हो ।


सर्वाधिक पुरस्कार राशिको डीपपीएल विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउने छन् । यस्तै मस्ट भ्यालुएवल प्लेयरलाई गोल्डस्टार ‘सुनको जुत्ता’ प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस