आज 'प्रपोज डे' यस्ता गल्ती भुलेरपनि नगर्नुहोस्

Happy propose day 2

काठमाडौं । आज भ्यालेन्टाइन्स विकको दोस्रो दिन हो, अर्थात् 'प्रपोज डे' । यदि तपाईं आज कसैलाई प्रपोज गर्दै हुनुहुन्छ भने हतार नगर्नुहोस् । नेपाली उखान नै छ ‘हतारमा लतार’ अर्थात् हड्बडीको काम हुन्छ गड्बडी ।

आज हामी तपाईंलाई प्रपोज गर्ने चक्करमा युवाबाट कस्ता गल्ती हुनसक्छन् भन्ने बारे जानकारी दिइएको छ ।

आजकाल मानिसहरु सोसल मिडियामार्फत आफ्नो प्रेम दर्साउने गर्छन् । यस्तो नगर्नुहोस् । यस्तो गर्दा तपाईंले प्रपोज गर्नेबेला तपाईंको पार्टनरको दिमागमा के चलिरहेको छ वा त्यसपछि उनको प्रतिक्रिया कस्तो हुन्छ भन्नेबारे तपाईंले कहिले पनि जान्न पाउनुहुन्नँ ।

धेरैपटक प्रपोजको क्रममा युवाहरु पार्टनरको निकै नजिक हुन खोज्छन्, जुन गल्ती हो । यस्तो गर्नबाट बच्नुहोस् । आफ्नो पार्टनरलाई राम्रोसँग बुझेपछि मात्र मनको कुरा भन्नुहोस् ।

यदि तपाईंको पार्टनर तपाईंको प्रपोजलमा कुनै प्रतिक्रिया दिँदैनन् वा तपाईंलाई अस्विकार गर्छन् भने यो स्वभाविक हो कि तपाईं यसको कारण जान्न चाहनुहुन्छ । यस्तोमा तपाईं निकै सामान्य तरिकाले कारण जान्ने कोसिस गर्नुहोस् ।

प्रतिकृया दिनुहोस